बुटवलमा एकै परिवारका तीन जनाको विभत्स हत्या, एक जना पुरुष प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट ।

रुपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल तथा उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।

उनीहरूमाथि घरेलु हतियार हेम्बर र चक्कु प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपमा दीपाका पूर्वपति सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ ।

कोइरालाले उनीहरूलाई बुधबार घरमा बोलाएका बताइएको छ ।

कोइरालाले आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *