सुनकाे मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।
आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको छ ।
आज चाँदी ताेलाकाे दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।















