आज जेठ १५, सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
थानकोट ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज प्रस्तुत गर्दै छ ।
संघीय संसद् मा सरकारले बजेट प्रस्तुत गर्नेछ ।
जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्ने कार्यक्रम छ ।


















