नागढुङ्गाको जामः आँखाले देख्ने ठाउँसम्म सवारी साधनको लाम

Thankot Times

थानकोट ।

बुधबार राति नागढुङ्गा नाका नजिकै बीच सडकमा ट्रक बिग्रिएपछि र गएरातिको भारी वर्षापछि नागढुङ्गा नाग मन्दिर नजिकै सडक एकतर्फी हुँदा सो क्षेत्रमा सवारी साधनको अत्यासलाग्दो लाम लागेको छ ।

ट्राफिक प्रभाग नागढुङ्गाका प्रहरी नायब निरीक्षक नवल किशोरका अनुसार अहिले सडक एकतर्फी  सञ्चालनमा छ । 

नागढुङ्गाका स्थानीयका अनुसार नाकाबाट काठमाडाैं भित्रने सवारीसाधनको लाम निकै परपरसम्म देख्न सकिन्छ । नाकाबाट बाहिरिने सवारी साधनको लाम भने थानकोटसम्म पुगेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा- पिपलामोड सडक मर्मत एवं स्तरोन्नतिका लागि दैनिक १०ः३० देखी दिउँसो ३ बजेसम्म बन्द गरिँदा यस क्षेत्रको यातायात सञ्चालन केही दिनयता अस्तव्यस्त बन्दै गएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *