चन्द्रागिरि नगरका जनप्रतिनिधिसहित गुठीयारहरूले आज बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका गुठियारहरूले आज बिहीबार वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ एवं मीननाथको रथ तान्ने भएका छन् ।

सो कार्यका लागि चन्द्रागिरि नगरबाट हरेक वडाबाट सवारी साधनको व्यवस्था गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाले बिहीबार २० वटा सवारी साधन रिजर्भ गरेर गुठीयारहरूलाई ललितपुर लाने तयारी गरेको हो।

जसका लागि कुनै वडामा ३, कुनै वडामा २ र कुन वडाका १ गाडीको व्यवस्था गरिएको जनाइएको छ ।

रथ तान्न जाने टोली अपरान्ह १ः३० बजे ललितपुर प्रस्थान गर्ने र बेलुकी ६ बजे जावलाखेलबाट फर्कने गरी कार्यक्रम तय भएको बताइएको छ ।

तस्बिरः मनाेजरत्न शाही


Leave a Reply

Your email address will not be published. Required fields are marked *