सुनको मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलतमा १ हजार ५ सय रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
हिजो बुधबार सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ कारोबार भएको थियो ।
आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला १० रुपैयाँ घटेर एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।















