सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठ)

Thankot Times

थानकोट ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । 

जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले बताए ।

चालु वर्षको तुलनामा एक खर्ब बढेको हो ।

चालु आवको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो ।

संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको छ । 

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब छुट्याइएको छ ।

आगामी आ.व.का लागि अनुमान गरिएको खर्च बेर्होर्ने स्रोतमध्ये राजश्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड व्यहोर्दा पाँच खर्ब ९५ अर्ब न्यून हुनेछ ।

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब जुटाइनेछ ।

अपुग तीन खर्ब ६२ अर्ब आन्तरीक ऋणबाट व्यहोरिनेछ ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटको पूर्णपाठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *