कोदो पिस्ने क्रममा करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको ज्यान गयो

Thankot Times

थानकोट ।

करेन्ट लागेर धादिङ जिल्लामा एक जना पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गल्छी गाउँपालिका-५ रैलेका चन्द्रबहादुर तामाङको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको पिँढीमा जडान गरेको गहुँ, मकै, कोदो पिस्ने मिलमा कोदो पिस्ने क्रममा एक्कासि मेसिनमा करेन्ट सट भई करेन्ट लागेर उनको घटनास्थलमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

मुचुल्कापछि उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको  प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *