जेठ १८ गते आइतबार काठमाडाैं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

सरकारले २०८२ जेठ १८ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइने गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।

नेपाल राजपत्र (मिति २०८१/११/१५) मा प्रकाशित सूचनाअनुसार, उक्त जात्राको दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *