११ जना डिआइजीहरुको सरुवा, को कहाँ?

Thankot Times

थानकोट ।

हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो।

सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्।

विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।

यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ।

दीपक रेग्मीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, माधव श्रेष्ठको कर्णाली प्रदेश कार्यालय सुर्खेत सरुवा भएको छ।

दिलीपसिंह देउवाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतको प्रदेश समन्वय विभाग, ओमबहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जयराज सापकोटाको कार्य विभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग र सुरेन्द्र गुरुङको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *