थानकोटमा माेटरसाइकल दुर्घटना, एक जनाकाे ज्यान गयाे

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका –४ थानकोट  पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामीको निधन भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।

अर्का घाइते नुवाकोटकै मानबहादुर बलामीको भने एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।

उनीहरु चित्लाङबाट काठमाडौं आउँदै थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *