वरिष्ठ साहित्यकार गणेश रसिक रहेनन्

Thankot Times

थानकोट ।

वरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ ।

ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा रसिकको शनिबार निधन भएको हो ।

७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।

रसिककी छोरी बेलायतबाट सोमबार नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको ।

उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *