त्रिभुवन पार्क अगाडी रोकि राखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको अवस्था गम्भीर
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्ड अन्तर्गत थानकोट त्रिभुवन पार्क नजिकै आइतबार बेलुकी एउटा स्कुटर रोकि राखेको ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको छ ।
करिब ९ बजे भएको सो दुर्घटनामा स्कुटरको अगाडी भाग पूर्ण रूपमा क्षतिग्रस्त बनेको प्रत्यक्षदर्शीले जानकारी दिए।
प्रहरी तथा स्थानीयले उद्दार गरी करिब २२ वर्षका हाल परिचय खुल्न बाँकी रहेका स्कुटर चालकलाई अस्पताल पठाएका छन् ।
सो स्कुटर नागढुङ्गाबाट चेकपोष्टतर्फ जाँदै गरेको बताइएको छ ।
बा -०२ ०४७ प ६५५९ नम्बरको स्कुटर दुर्घटना भएको हो ।
तस्वीरः प्रजीवन प्रधान













