राजावादीहरूले आजका लागि घोषणा गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता

Thankot Times

थानकोट ।

राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्दको कार्यक्रम फिर्ता भएको छ ।

संयुक्त जनआन्दलोन समितिका संयोजक नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् ।

पक्राउ परेका थापा, सिंह लगायतलाई गए राति रिहा भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *