सतुङ्गलस्थित एआई स्कुलका दीपक महर्जन प्याब्सन केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित
थानकोट ।
सतुङ्गलस्थित एआई स्कुलका प्रधानाध्यापक दीपक महर्जन प्याब्सन केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।
प्याब्सन चन्द्रागिरिका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार महर्जनले शिक्षा क्षेत्रमा पुर्याएको योगदान, समर्पण, दूरदर्शितालाई मूल्यांकन गर्दै सो पदमा मनोनित गरिएको बताइएको छ ।
जेसिस स्कुलका सरोज महर्जन हाल प्याब्सन चन्द्रागिरि नगर अध्यक्षको जिम्मेवारीमा छन् ।












