मच्छेगाउँमा आजबाट वडास्तरीय अन्तर विद्यालय भलिबल सुरु हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा आज मंगलबारबाट वडास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सुरु हुँदैछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँको आयोजनामा सुरु हुने प्रतियोगिता स्थानीय न्यू होराइजन एकेडेमीको कोर्टमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सो वडा क्षेत्रका विभिन्न चार विद्यालयले सहभागिता जनाउने वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

सिनियर र जुनियर दुवै विधामा ती विद्यालयले सहभागिता जनाउनेछन् ।

प्रतियोगिता बुधबारसम्म जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *