काठमाडौंका नगरप्रहरी प्रमुख पाण्डे निलम्बित

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् ।

पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

पाण्डे निलम्बनमा परेसँगै नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *