आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप लिग-२ मा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ।

खेल स्कटल्याण्डको फोर्टहिल डुन्डी मैदानमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेपालले शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै रोमाञ्चक जित निकालेको थियो। करण केसी नायक बनेको उक्त खेलपछि नेपाल ८ अंकसहित अंक तालिकामा सातौँ स्थानमा उक्लिएको छ।

अहिलेसम्म २० खेल खेलेको अमेरिका २८ अंकसहित शीर्षस्थानमा छ। नेदरल्याण्ड्स २६ अंकसहित दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्।

स्कटल्याण्ड र क्यानडाको समान २०–२० अंक छ भने नामिबिया १४ अंकका साथ छैटौँ स्थानमा छ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध खेलेका पछिल्ला पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ।

लिग–२ त्रिकोणात्मक शृङ्खला सकिएपछि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *