सुनचाँदीकाे भाउ बढ्याे
थानकोट ।
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज बुधबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेर एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार ७५ रुपैयाँमा करोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।












