मच्छेगाउँमा आयोजित अन्तर विद्यालय भलिबलको उपाधि न्यू होराइजन र नारायणजन माविलाई
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा आयोजित वडास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिताको छात्रतर्फको उपाधि न्यू होराइजन एकेडेमीले जितेको छ ।
छात्रातर्फ भने नारायणजन मावि अब्बल बनेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न फाइनल खेलको छात्र सिनियरतर्फ न्यू होराइजन चुनदेवी आधारभूत विद्यालयको चुनाैती पन्छाउँदै पहिलो बन्यो ।
छात्रा सिनियरतर्फको फाइनलमा नारायणजनले चुनदवीलाई पराजित गर्यो ।
जुनियर छात्रको उपाधि नारायणजनले जित्दा न्यूहोराइनले दोश्रो स्थानमा चित्त बुझायो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँको आयोजनामा मंगलबारबाट सुरु भएको प्रतियोगिता स्थानीय न्यू होराइजन एकेडेमीको कोर्टमा सञ्चालन भएको हो ।
प्रतियोगितामा सो वडा क्षेत्रका विभिन्न चार विद्यालयहरू न्यू होराइजन एकेडेमी, नारायजन मावि, मेघा पब्लिक स्कुल र चुनदेवी आधारभूत विद्यालयका विद्यार्थीले प्रतियोगिताको सिनियर र जुनियर दुवै विधामा प्रतिस्पर्धा गरेका थिए ।












