नेपाल र हङकङबीच आज मैत्रीपूर्ण फुटबल हुँदै

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ।

सो कोन पोस्थित हङकङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो।

यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो।

हङकङमा भएको सो खेल गोलरहित बराबरीमा सकिएको थियो।

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ।  त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ। यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो।

छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’मा रहेको हङकङले सिंगापुरविरुद्ध गोलरहित बराबरी खेलेको थियो। नेपालले भने मलेसियासँग हार बेहोरेको थियो।

मलेसियाको घरेलु मैदान सुल्तान इब्राहिम रंगशालामा सम्पन्न खेलमा मलेसियाले नेपालविरुद्ध २–० को सहज जित हासिल गरेको थियो।

फिफा वरीयतामा नेपालभन्दा २२ स्थान माथि रहेको हङकङ पछिल्ला ८ अन्तर्राष्ट्रिय खेलमा अपराजित छ।

मुख्य प्रशिक्षक म्याट रसले राष्ट्रिय टोली सम्हालेयताका दुई अन्तर्राष्ट्रिय खेलमा टिमले मिश्रित परिणाम हात परेको छ। सिंगापुरविरूद्धको ऐतिहासिक जित र एसियाली कप छनोटमा मलेसियाविरूद्धको हार ब्यहोरेको छ।

अहिले उत्कृष्ट लयमा रहेको हङकङ पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेल सबैमा अपराजित छ।  यद्यपि गत साता हङकङले मैत्रीपूर्ण खेलमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग पराजय बेहोरेको थियो।

हङकङ रंगशालामै भएको खेलमा इङलिस महारथीले घरेलु टोलीलाई ३–१ ले निराश हरायो।  नेपालले सन् २०२४ यता खेलेका ९ अन्तर्राष्ट्रिय खेलमा दुई खेल मात्र जितेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *