आज बजारमा सुनकाे मूल्य कति छ ?
थानकोट ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य तोलामा ५सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ ।
चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।












