डिआइजी घिमिरेले पाए केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

Thankot Times

थानकोट ।

प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रहरी प्रधान कार्यालय बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको छ ।

यसअघि केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी रमेश थापाले भने सह-प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

डिआइजी दिनेश आचार्यको केन्द्रीय प्रवक्ताबाट जिम्मेवारीमुक्त भएपछि एसएसपी थापालाई यो जिम्मेवारी दिइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *