नेपाल एपीएफ स्कुलमा जारी विद्यार्थी स्वंयसेवक विपद् उद्धारक तालिम आज समापन हुँदै

Thankot Times

थानकोट ।

यही जेठ ११ गतेबाट कीर्तिपुर नगरपालिका-४ स्थित नेपाल एपीएफ स्कुलमा जारी विद्यार्थी स्वंयसेवक विपद् उद्धारक तालिम आज शुक्रबार समापन हुँदैछ ।

कीर्तिपुर नगरपालिकाको सहकार्यमा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा कीर्तिपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका १५ जना विद्यार्थीहरू तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरमा अध्ययनरत १५ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको नेपाल एपीएफ स्कुलका प्राचार्य युवराज पराजुलीको भनाइ छ ।

विपद्का बेला हुने क्षति न्यूनीकरण तथा उद्दारका प्रयासका विविध आयामहरूका बारेमा नेपाल एपीएफका प्रशिक्षकहरूले प्रशिक्षार्थीहरूलाई सो तालिम तथा प्रशिक्षण दिइरहेका छन् ।

कीर्तिपुर नगरका मेयर कृष्णमान डंगोल सो समापन कार्यक्रमा प्रमुख अतिथिका रुपमा निम्त्याइएको विद्यालयले जनाएको छ ।

समापन समारोह बिहान ९ बजेबाट सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ