नेपालमा सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो
थानकोट ।
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार (जेठ २२) पनि छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमै किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १ सय ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।












