दुई बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला

Thankot Times

थानकोट ।

अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार अमेरिकाको भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार विहीबार साँझ लगभग १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरको तल्लो तल्लामा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरे। प्रहरी पुगेपछि तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरू एकै परिवारको हो होइन खुलिसकेको छैन । 

प्रहरीले शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको जनाएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *