जुम्लामा पूर्व युवराज्ञी हिमानी

Thankot Times

थानकोट ।

पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्रसहित शनिबार जुम्ला पुगेकी छन् ।

हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाको मनिसांघमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका निम्ति उनी त्यहाँ गएकी हुन् ।

जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो ।

हिमानीको कार्यलाई उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रूपमा लिइएको स्थानीयबासीको भनाइ छ ।

तस्बिर: प्रकाश गाेपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *