नैकापस्थित ब्राइट किन्डरवर्ल्डमा अध्ययनरत विद्यार्थीका हजुरबा, हजुरआमा आज सम्मानित हुँदै

Thankot Times

थानकोट ।

नैकापस्थित ब्राइट किन्डरवर्ल्ड विद्यालयले सो विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबा, हजुरआमाहरूलाई सम्मान गर्ने भएको छ ।

सृष्टि संरचना, सामाजिक जीवन र मानिसको अस्तित्वको साझा प्रतिमुर्तिका रूपमा सदैव आदरणीय, सदैव पुजनिय, हजुरबा तथा हजुरआमाहरूप्रतिको आदर र सम्मानमा समर्पित आस्था स्वरूप उहाँहरूको गरिमा र त्यागको कदर गर्दै कार्यक्रमको परिकल्पना गरिएको ब्राइट किन्डरवर्ल्डले जनाएको छ ।

कार्यक्रम आज (आइतबार) बिहान ११ बजेदेखि ब्राइट फ्यूचर विद्यालयको प्राङ्गणमा आयोजना हुने ब्राइट किन्डरवर्ल्डका निर्देशक मोहित कार्कीको भनाइ छ ।

कार्यक्रममा सहभागिताका लागि निर्देशक कार्कीले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीका हजुरबा तथा हजुरआमाहरूलाई अनुरोधसमेत गरेका छन् ।

सो विद्यालयमा हाल करिब १८० जना विद्यार्थी अध्ययनरत छन् ।

आज हुने हजुरबा, हजुरआमा सम्मान कार्यक्रममा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, ब्राइट किन्डर वर्ल्डकी महानिर्देशक हिरा थापा, विद्यालयका संरक्षक मोहन कार्की, दयाराम थापा, चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राज भाइ महर्जन लगायतको उपस्थिति रहने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ