बाँडभञ्ज्याङस्थित भीम माविमा अध्ययनरत लक्ष्मी बेपत्ता, खोजी गरिदिन दाजुको अपील

Thankot Times

थानकोट ।

चन्द्रगिरि नगरपलिका-२ बाँडभञ्ज्याङ बस्दै आएकी १४ वर्षीया लक्ष्मी कुमारी जैसी शुक्रबार बिहान १० बजेबाट बेपत्ता भएकी छन् ।

स्थानीय महाशक्ति पेट्रोलपम्प नजिकै बस्ने लक्ष्मी भिम माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।

गहुँ गोरो वर्णकी लक्ष्मी विद्यालयकै पोशाक (हरियो ट्र्याक, नीलो स्कर्ट, कालो स्कुल जुत्ता)मा निस्किएकी थिइन् ।

उनी शुक्रबार बिहान स्कुल जान्छु भनि घरबाट निस्किएकी र अबेरसम्म नफर्किएपछि उनका दाइ मोहन राज जैसीले प्रहरी वृत थानकोटमा जाहेरी दिएको थानकोट प्रहरीले जनएको छ ।

प्रहरीका अनुसार उनको खोजी कर्य भैरहेको छ ।

लक्ष्मीलाई भेट्ने वा देख्ने महानुभावले उनका दाजु मोहनराज को मोबाइल नम्बर ९८४८५२३८७७ मा वा थानकोट वृतमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *