नागढुङ्गा-पिपलामोड सडक थप ५ दिन दिउँसो बन्द हुने
थानकोट ।
त्रिभुवन राजपथको (नागढुङ्गा-नौबिसे खण्ड) थप ५ दिन बन्द हुने भएको छ ।
नागढुङ्गा पिपलामोड सडकमर्मत सुधार गर्नका लागि जेठ २५ गतेसम्म बिहान १० बजेदेखि ३ बजेसम्म सवारीसाधन रोकि काम गरिँदै आइएको थियो ।
तर, सडक मर्मतको लागि थप समय आवश्यक परेकाले जेठ ३० गतेसम्मको समय थप गरिएको हो ।
सो समयमा साना सवारीसाधनलाई वैकल्पिक मार्ग सितापाइला- रामकोट- धार्के र समाखुसी-टाेखा छहरे- त्रिशुली-गल्छी प्रयोग गर्न सडक निर्माण आयोजनाले आग्रह गरेको छ ।
काठमाडाैंबाट बाहिरिने सवारीसाधन नागढुङ्गा नाकामा र काठमाडाैं भित्रने सवारी साधन खानीखोलामा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । रोकिएका ती सवारीसाधनलाई भने ३ बजेपछि गन्तव्यतर्फ जान दिइने ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।



















