सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आइतबार सुनको भाउ एकैदिन तोलामा ३ हजार रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको १ लाख ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलाको १ लाख ९३ हजार सात सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *