नैकापस्थित ब्राइट किन्डर वर्ल्डद्वारा करिब २ सय जना ‘हजुरबा, हजुरआमा’हरू सम्मानित
थानकोट ।
नैकापस्थित ब्राइट किन्डर वर्ल्ड विद्यालयले सो विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबा, हजुरआमाहरूलाई सम्मान गरेको छ ।
आइतबार विद्यालय हातामा आयोजित एक समारोहकाबीच विद्यालयले नर्सरीदेखी कक्षा ५ सम्मका विद्यार्थीहरूका हजुरबा हजुरआमाहरूलाई समाज तथा राष्ट्रको धरोहर र जिउँदो इतिहासका रूपमा सम्मान गरेको हो ।
राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकाय, ब्राइट किन्डर वर्ल्डकी निर्देशक हिरा थापा, संरक्षक द्वय मोहनकुमार कार्की र दयाराम थापा, चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजभाइ महर्जन, समाजसेवी, बुद्धिजिवी, शिक्षक, विद्यार्थी तथा कर्मचारी लगायतको उपस्थितिमा खादामाला र दोसल्ला ओढाई हजुरबा तथा हजुरआमाहरूलाई सम्मान गरिएको ब्राइट किन्रर वर्ल्डका प्रधानाध्यापक मोहित कार्कीले जानकारी दिए ।
सृष्टि संरचना, सामाजिक जीवन र मानिसको अस्तित्वको साझा प्रतिमुर्तिका रूपमा सदैव आदरणीय, सदैव पुजनिय, हजुरबा तथा हजुरआमाहरूप्रतिको आदर र सम्मानमा समर्पित आस्था स्वरूप उहाँहरूको गरिमा र त्यागको कदर गर्दै कार्यक्रमको परिकल्पना गरिएको प्रधानाध्यापक कार्कीको भनाइ छ ।
ब्राइट फ्यूचर माविले अभिभावकत्व ग्रहण गरेको ब्राइट किन्डर वर्ल्डमा करिब १८० जना विद्यार्थी अध्ययनरत छन् ।












