सुनकाे मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर आज एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको एक लाख ९० हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदी मूल्य भने बढेको छ ।

चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *