नागार्जुन नगरपालिकाका दुई ठाउँमा चोरी

Thankot Times

थानकोट ।

काठमाडौंको नागार्जुन नगरपालिकाका दुई फरक ठाउँमा चोरी भएको छ ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका-२ सानो भ‍र्‍याङ डेरा गरी बस्ने दाङ तुलसीपुर नगरपालिका–१९ घर भएका २४ वर्षीय ज्ञानेन्द्र महराको कोठामा चोरी भएको हो ।

उनको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।

यसैगरी, नागार्जुन नगरपालिका-१० स्युचाटार डेरा गरी बस्ने कञ्चनपुर घर भएका ४० वर्षीय लोक राज जोशीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *