घरायसी फोहोर व्यवस्थापनसम्बन्धी एक दिने प्रशिक्षण सतुङ्गलमा सम्पन्न

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका वडा नं. ११ को कार्यालय र विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको साझा संस्था इनर व्हील क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी एक दिवसीय जनचेतनामूलक कार्यक्रम सतुङ्गलमा सम्पन्न भएको छ ।

वडा कार्यालय हातामा सञ्चालित कार्यक्रममा घरबाट उत्पादन फोहोरको वर्गीकरण, फोहोर सामग्रीको पुनःप्रयोग, पुनःचक्रण लगायतका विषयमा समाधान संस्थाका प्रतिनिधिहरू क्रमशः देवेन्द्र अधिकारी, शर्मिला लामा र सुम्निमा दाहाल अधिकारी लगायतले प्रशिक्षण दिएका थिए ।

सो क्रममा सहभागीहरूले जैविक, अजैविक, पुनःप्रयोगयोग्य र जोखिमयुक्त फोहोर छुट्याउने अभ्यास गरेको इनर व्हील क्लब अफ चन्द्रागिरिकी अध्यक्ष मिन्जुशोभा चित्रकारको भनाइ छ । 

कार्यक्रममा सहभागीहरूले वातावरणीय चेतना, सामाजीक जिम्मेवारी र सकारात्मक परिवर्तनप्रति जागृत गराएको बताए । 

कार्यक्रमका दाैरान प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरी, प्रहरी प्रभाग बलम्बु प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्कालाई स्वागत सम्मान गरिएको थियो ।  वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले स्थानीय प्रहरी थानाका प्रमुख द्वयलाई खादा तथा प्रमाणपत्रले अभिनन्दन गरेका थिए । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, विभिन्न कार्यनलय तथा विद्यालयका प्रतिनिधिहरू तथा विद्यार्थीहरू एवं स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *