आगामी आर्थिक वर्षका लागि चन्द्रागिरिलाई उपत्यकाका नगरमध्ये सबैभन्दा धेरै बजेट

Thankot Times

थानकोट ।

संघ सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहलाई कूल ४ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

यो रकम वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक (पुँजीगत) अनुदानका रूपमा पठाइनेछ।

सरकारी विवरणअनुसार, प्रदेश सरकारहरूलाई ९७ अर्ब ५६ करोड रुपैयाँ र स्थानीय तहहरूलाई ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ बजेट उपलब्ध गराइनेछ।

स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ विनियोजन भएको छ ।

गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ जाने गरी विनियोजन गरीएको छ।

आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरपालिकाले काठमाडाैं उपत्यकामा काठमाडाैं महानगरपछि सबैभन्दा धेरै बजेट पाएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडाैं महानगरले संघ सरकारबाट कूल २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ अनुदान पाउँदा चन्द्रागिरि नगरले ८१ करोड २९ लाख रुपैयाँ अनुदान पाएको छ ।

चन्द्रागिरिले समानीकरण अनुदानतर्फ २१.७३ करोड पाउँदा सशर्त अनुदानतर्फ समग्रमा ५२.४० करोड रुपैयाँ पाएको छ ।

यस्तै, विशेष अनुदान ५ करोड ५८ लाख पाएको छ ।

पुँजीगत प्रकृतिको समपुरक अनुदानतर्फ चन्द्रागिरि नगरले १ करोड ५८ लाख रुपैयाँ पाउनेछ ।

यसप्रकार चन्द्रागिरि नगरले आर्थिक वर्ष २०८२-८३ का लागि संघ सरकारबाट चालु तर्फ ६० करोड ५६ लाख रुपैयाँ प्राप्त गर्दा पुँजीगत प्रकृतितर्फ २० करोड ७३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

जुन समग्रमा ८१ करोड २९ लाख रुपैयाँ हुन आउँदछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार चन्द्रागिरि नगरले गतवर्ष भन्दा यसवर्ष एक मुष्ट ५ करोड रुपैयाँ थप अनुदान प्राप्त गरेको छ । नगरले सम्पदान गरेको कार्य प्रगति तथा विभिन्न सूचक पूरा गरे बापत काठमाडाैका नगरपालिकाहरू भन्दा चन्द्रागिरि नगरले ५ करोड रुपैयाँ थप पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *