आजबाट लगातार ३ दिन चन्द्रागिरि केबलकार बिहान पाैने १० बजेबाट मात्रै खुला गरिने
थानकोट ।
काठमाडाैं उपत्यकाको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकार आजबाट लगातार तीन दिन बिहान पाैने १० बजेबाट मात्रै खुला गरिने भएको छ।
यसअघि बिहान ८ बजेबाट यात्रुहरूका लागि केबलकार खुला हुँदै आएकोमा आज मंगलबार (जेठ २७) बाट देखि जेठ २९ गतेसम्म बिहान पाैने १० बजेबाट मात्रै खुला गरिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

नियमित तालिका अनुसार केबलकारको मर्मत एवं प्राविधिक जाँचका लागि केबलकार सेवा १ घण्टा ४५ मिनेट रोकिएको चन्द्रागिरि हिल्सद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जेठ ३० गते शुक्रबारबाट भने केबलकारको सेवा पूर्ववत् समय अनुसार प्रदान हुने कम्पनीले जनाएको छ ।
चन्द्रागिरि केबलकार हुँदै दैनिक हजाराैं स्वदेशी तथा विदेशी नागरिकहरू करिब २५०० मिटर अग्लो चन्द्रागिरि पहाड उक्लने गरेका छन् ।












