बजारमा आज सुनचाँदीको भाउ के छ थाहा पाउनुभयो ?
थानकोट ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदी मूल्य भने बढेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कायम भएको थियो ।












