चन्द्रागिरि हिल्सकाे व्यापार घट्याे

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्सको व्यापार घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

आर्थिक सुस्तताका कारण सर्वसाधारणको खर्च गर्ने क्षमतामा कमी आउँदा चन्द्रगिरि हिल्सको व्यापारमा उच्च प्रभाव परेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२४ मा १ अर्ब, २०२३ मा ९१ करोड ३० लाख, २०२२ मा ६६ करोड ९० लाख र सन् २०२१ मा २२ करोड २०९ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२४ मा एक अर्बको व्यापार गर्दा २३ प्रतिशत कारोबार विदेशी पर्यटकबाट भएको जनाएको छ ।

केबलकारसहित एक सय कोठाको सुविधाको बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको कम्पनीले अन्य विभिन्न एडभेन्चरको पनि सेवा दिँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *