शंकास्पद लागूऔषध काराेबारी पक्राउ गर्न प्रहरीले काठमाडौंको टाेखामा गाेली चलायाे
थानकोट ।
प्रहरीले शङ्कास्पद लागूऔषध कारोबारीलाई पक्राउ गर्न काठमाण्डौको टोखामा गोली चलाएको छ ।
गोली चलाएर चार जनालाई पक्राउ गरेकोमा उनीहरू सबै भारतीय नागरिक रहेका प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
प्रहरीले गोली लागेका दुई जना र थप दुई जना गरी चार जनालाई पक्राउ गरेको हो ।
लागूऔषध कारोबारको सूचना पाएपछि ब्युरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवको नेतृत्वमा टाेली खटिएको थियो ।
पक्राउ गर्ने क्रममा उनीहरूले आक्रमण गर्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
पक्राउ परेकाहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ ।


















