सर्वोच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस

Thankot Times

थानकोट ।

न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।

न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *