थानकोट-चित्लाङ सडकका लागि ६ करोड २० लाख बजेट
थानकोट ।
आर्थिक वर्ष २०८२-८३ का लागि गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक)का लागि ६ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।
मकवानपुर क्षेत्र नं. २ का संघीय सांसद् महेश बर्ताैलाका अनुसार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने गरी सो बजेट विनियोजन गरिएको हो ।
काठमाडाैं-हेटाैंडा सडक सम्पर्क गर्न यो मार्ग वैकल्पिक सडकमा रुपमा प्रयोग हुँदै आएपनि दशकाैंदेखि रुग्ण अवस्थामा रहेका कारण सडक प्रयोगकर्ताहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।













