गणेशमान सिंहका नाममा ४० बढी आयोजना, चन्द्रागिरिमा पनि २ वटा आयोजना, बजेट ३७० लाख

Thankot Times

थानकोट ।

शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गणेशमान सिंहको नाममा बन्ने संरचनाहरूका लागि मनग्गे बजेट विनियोजना गरेको छ ।

वर्तमान सरकारमा शहरी विकास मन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । जो गणेशमान सिंहका पुत्र हुन् ।

आफ्ना पिताका नाममा मन्त्री सिंहले नयाँ पुराना गरी ४० बढी आयोजनामा बजेट हालेका छन् ।  मन्त्रालयले करोडौं बजेट विनियोजन गरी गणेशमान सिंहका नाममा पार्क, भवन, सभाहल जस्ता पूर्वाधार बनाउने योजना बनाएको छ ।

गणेशमान सिंहका नाउँमा चन्द्रागिरि नगरमा २ वटा आयोजनाका लागि ३ करोड ७० लाख रुपैयाँ बजेटको बन्दोबस्त शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका छ ।

गणेशमान सिंहका नाममा छुट्याइएका बजेट र योजना

  • चन्द्रागिरि नगरपालिका-१३ स्थित गणेशमान सिंह बहुप्राविधिक शिक्षालय पूर्वाधार निर्माण : ७० लाख
  • चन्द्रागिरि नगरपालिका-१४ स्थित गणेशमान पार्क निर्माण : ३ करोड
  • काठमाडौं जरसिंह पौवामा गणेशमान सिंह पार्क निर्माण : ४ करोड
  • पाँचथर फिदिम नगरपालिका–४ मा गणेशमान सिंह पार्क तथा खेल मैदान निर्माण : ३ करोड
  • झापा शिवशताक्षी नगरपालिका–११ मा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आवश्यक पूर्वाधार : ४ करोड
  • झापाकै गणेशमान सिंह अध्ययन प्रतिष्ठान : थप ३ करोड
  • झापाकै दमक–८ मा गणेशमान मार्ग : ३ करोड
  • मोरङ बेलबारी नगरपालिका–११ मा गणेशमान सिंह रंगशाला : ३ करोड
  • बारा निजगढ नगरपालिका–४ मा गणेशमान सिंह पार्क मोहरी व्यवस्थापन : ४ करोड
  • काठमाडौं शंखरापुरमा गणेशमान सिंह लोकमार्ग : ८ करोड
  • काठमाडौं–१३ मा गणेशमान सिंह स्मृति भवन : ३ करोड
  • काठमाडौं–२९ मा वीर गणेशमान सिंह ज्येष्ठ नागरिक सेवा केन्द्र : ३ करोड
  • काठमाडौं–३१ मा गणेशमान सिंह वाटिका स्तरोन्नति, पूर्वाधार निर्माण : ३ करोड
  • काठमाडौं–१५ शोभा भगवतीमा गणेशमान–मंगलादेवी पार्क निर्माण : ३ करोड
  • भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा गणेशमान सिंह स्मृति वाटीका पूर्वाधार स्तरोन्नति : ३ करोड
  • पोखरा उपमहानगरपालिका–४ मा गणेशमान सिंह स्मृति प्रदेश भवन : ३ करोड
  • पर्सा ठोरी–२ मा वीर गणेशमान पार्क निर्माण : १ करोड ६० लाख
  • ललितपुर–१ मा गणेशमान सिंह शान्ति पार्क र गणेशमान सिंह संग्रहालय : २ करोड
  • दैलेख भैरवी गाउँपालिका–१ मा गणेशमान प्रतिष्ठान भवन निर्माण : १ करोड ६० लाख
  • सुर्खेतको चौकुने नगरपालिका–३ मा गणेशमान स्मृति भवन : १ करोड
  • धनगढी उपमहानगरपालिका–१ मा गणेशमान स्मृति बगैँचा पुस्तकालय ५० लाख
  • रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा गणेशमान सिंह स्मृति सभाहल : ४० लाख
  • सिन्धुपाल्चोक इन्द्रावती–३ मा गणेशमान सिंह स्मृति भवन पूर्वाधार निर्माण : ४० लाख
  • अछाम कमलबजार नगरपालिका–८ मा गणेशमान सिंह स्मृति पार्क, पदमार्ग : ७० लाख
  • काठमाडौं–१४ बल्खुमा गणेशमान सिंह स्र्पोट्स पार्क निर्माण : ४० लाख
  • दाङ घोराही उपमहानगरपालिका–९ मा सर्वोच्च नेता गणेशमान सिंह अध्ययन केन्द्र पूर्वाधार निर्माण : ४० लाख
  • बझाङ जयपृथ्वी नगरपालिका–१० मा गणेशमान स्मृति भवन निर्माण : ४० लाख
  • काठमाडौं तारकेश्वर नगरपालिकामा गणेशमान सिंह स्मृति पार्क : २५ लाख
  • काठमाडौं नागार्जुनमा गणेशमान सिंह पार्क जाने बाटो निर्माण : ४० लाख
  • प्युठान नगरपालिका–७ मा गणेशमान स्मृति पार्क निर्माण : २५ लाख
  • अछाम मंगलसेन–४ मा गणेशमान सिंह स्मृति सामुदायिक भवन पूर्वाधार निर्माण : २५ लाख
  • ललितपुर महालक्ष्मी नगरपालिका–९ मा गणेशमान सिंह पार्क स्तरोन्नति : ७० लाख
  • इलामको माइ नगरपालिका–२ मा गणेशमान सिंह स्मृति वाटिका पूर्वाधार निर्माण : २५ लाख
  • काठमाडौं शंखरापुरमा गणेशमान स्मृति पार्क मार्ग स्तरोन्नति : ४० लाख
  • काभ्रे मण्डनदेउपुर–९ मा गणेशमान स्मृति पार्क निर्माण : ३ करोड

नैकापस्थित गणेशमान पार्कको प्रस्तावित ढाँचा


Leave a Reply

Your email address will not be published. Required fields are marked *