कीर्तिपुर नगरपालिका आज पूर्ण खोप सुनिश्चितता नगर घोषित हुँदै
थानकोट ।
काठमाडाैंको कीर्तिपुर नगरपालिका आज बिहीबार पूर्ण खोप सुनिश्चितता नगर घोषित हुँदैछ ।
नगरका सबै १० वडामा घरधुरी सर्वेक्षण, वडा भेरिफिकेशन तथा पूर्णखोप वडा घोषणा सम्पन्न भएपछि बिहीबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा आयोजना गर्न लागिएको हो ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नुअघि बिहान ७ बजेबाट नगरपालिकाबाट सद्भाव र्याली निस्कनेछ ।
सो र्याली कीर्तिपुर पार्टी प्यालेस पुगेर घोषणा सभामा बदलिने कीर्तिपुर नगरपालिका खोप समन्वय समितिका सदस्य सचिव सन्तमान मानन्धरले जानकारी दिए ।
पूर्णखोप सुनिश्चितता हुन बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड छ ।
तस्वीरः सामाजिक सञ्जाल ।












