सुनको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार (जेठ २९) सुनको मूल्य बढेको छ ।
यसदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँ कायम छ ।
बुधबार (जेठ २८) छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य तोलाको दुई हजार १ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।












