चन्द्रागिरि क्षेत्रमा हावाहुरीसहितको वर्षा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहीबार राजधानी काठमाडौँसहित देशका २९ जिल्लामा बाढीको जोखिम देखिएको जानकारी गराउँदै सतर्क रहन सुझाव दिएको छ।

बाढी महाशाखाले बिहीबार बिहान बुलेटिन जारी गरी आज ललितपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने नदी/खोलामा बाढी बढ्ने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *