चित्लाङ क्षेत्रमा सञ्चालनमा रहेका अटोहरू सूचीकृत हुन थाहा नगरपालिकाले शिविर सञ्चालन गर्दै

Thankot Times

थानकोट ।

चन्द्रागिरिसँग सीमा जोडिएको मकवानपुर जिल्लाको थाहा नगरपालिकाले सो नगरको वडा नं. ९ र १० मा सञ्चालनमा रहेका अटोहरू सूचीकरण गर्न सूचना जारी गरेको छ ।

असार २ गते सोमबार थाहा नगरपालिका-९ चित्लाङ टुपिखेलस्थित चित्लाङ स्वास्थ्य चाैकी हातामा अटो सूचीकरण शिविर सञ्चालन हुने थाहा-९ का कार्यवाहक वडाध्यक्ष रामकृष्ण कपालीले जानकारी दिए ।

उनका अनुसार अटो सूचीकृत गर्न सवारी धनी प्रमाण (ब्लु बुकको सक्कल), जाँच पास, रुट परमिट, सवारी चालकको चालक अनुमतिपत्र, नागरिकता प्रमणपत्र लगायत अनिवार्य रुपमा संलग्न गर्नुपर्ने बताइएको छ ।

सो क्षेत्रमा करिब १ दर्जन अटोहरू सञ्चालनमा रहेको अटो चालकहरूको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *