केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा मच्छेगाउँका प्रथमले चुमे करातेमा स्वर्ण

Thankot Times

थानकोट ।

१५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँका प्रथम मानन्धरले कराते खेलमा स्वर्ण पदक जितेका छन् ।

मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीमा कक्षा १० मा अध्ययनरत मानन्धरले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले करातेको एकल कातामा सो पदक जितेको प्रथमका प्रशिक्षक तथा बुबा रवीन्द्र मानन्धरले जानकारी दिए ।

उनले नगर, जिल्ला र प्रदेश राष्ट्रपति रनिङ शिल्डमा समेत स्वर्ण जितेका थिए ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित १५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एक भव्य समारोहबीच उद्घाटन गरेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्। सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *