अनेरास्ववियुको अध्यक्षमा डा. सुजन विजयी
थानकोट ।
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् ।
अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी तथा सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी भएका छन् ।
विद्युतीय मेसिनबाट भएको मतदानमा एक हजार पाँच सय ५१ मध्ये एक हजार चार सय ५० मत खसेको थियो ।













