सुनको भाउ तोलाको २ लाख रुपैयाँ नजिक
थानकोट ।
आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
यसदिन सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १ सय रुपैयाँ कायम छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य तोलाको दुई हजार १ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला दुई हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।












